गठबन्धनको बैठक सुरू भएन, गठबन्धनका नेताहरू कोही वालकोटमा, कोही बालकुमारीमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० फागुन । सत्तारूढ गठबन्धनको बैठक अझै बस्न सकेको छैन ।

प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा उक्त बैठक बिहान ८ बजे बस्ने भनिएको भए पनि अझै सुरू भएको छैन ।

सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला गठबन्धनको बैठक बस्ने भनिएको थियो । हिजो निर्धारित समय सिमा भन्दा एक घन्टा बढी नाघिसक्दा पनि बैठक बस्न सकेको छैन ।

सोही बैठक बोलाएको बेलामा वालुवाटारमा नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ भने जसपा नेपालले पनि आकस्मिक रूपमा बैठक बोलाएको छ । गठबन्धनको बैठक बस्न लागेकै बेला जनमत पार्टीका अध्यक्ष सिके राउत वालकोटस्थित ओली निवास पुगेका छन्  ।

सत्तारूढ गठबन्धनको बैठक बस्न नसके पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पुर्णबहादुर खड्का भने वालुवाटार पुगेर छलफल गरिरहेको जनाइएको छ । 

हिजो मात्रै एकाएक प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहान र साँझ दुइ पटक भेटबार्ता गरेका थिए  । सो भेटबार्ता पछि सत्तारूढ गठबन्धनमा नयाँ बहस सुरू भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्