जनताले गाउँ गाउँमा सिंहदरबारकाे महसुस गर्न सकेका छैनन्ः विश्लेषक भट्टराई

खबर बुक
  • ख-
  • ख+

काठमाडाैं, ९ फागुन ।  विश्लेषक तथा लेखक डा. लोक भट्टराईले संघीयतामार्फत सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेको दाबी गरिए पनि काम लिएर अझै सिंहदरबार धाउनु पर्ने बाध्यता रहेको बताउनुभएको छ ।

रेडियो काठमाण्डुको कार्यक्रम राईट कर्नरमा कुराकानिका क्रममा उहाँले स्थानिय मुकाम भएपछि भने सानो कामले सदरमुखकाम धाउनु पर्ने वाध्यता भने हटेको बताउनुभयो ।

केहि कुरामा संघियता पछि जनतालाई सहज भएपनि सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले महसुस गर्न नसकेको बताउनु भएको छ ।


उहाँले स्थानिय देखि केन्द्र सरकारसम्म विकासका नाउँमा भवन तथा सडक, विमानस्थल तथा रंगशाला, भ्यूटावर तथा पार्कहरू बन्नुलाई मात्र विकास सोच्ने गरिएको बताउनु भयो ।

अहिलेको विकासले यी र यस्तै संरचनाहरूको निर्माणलाई जोड दिएको पाईएको उहाँले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्