निर्वाचनमा चूनाव जित्ने गरि तयारी गर्न कांग्रेस सभापति देउवाकाे सुझाव

खबर बुक
  • ख-
  • ख+

काठमाडाैं, २६ माघ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रभाव पार्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा कांग्रेस काठमाडौँ जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले काठमाडौँमा कांग्रेसको सङ्गठन महत्वपूर्ण रहेको भन्दै यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रभाव पार्ने बताउनुभयो ।

उहाले काठमाडौं देशको राजधानी भएकाले राम्रो काम गर्नुपर्ने भएकाले राम्रो काम गर्न सुझाव दिनुभयो । सभापति देउवाले निर्वाचनमा चूनाव जित्ने गरि तयारी गर्न सुझाव दिनुभयो ।

त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले चिनेका पात्रहरुबाटै संविधानमाथि प्रहार भइरहेको भन्दै कांग्रेसले त्यसको प्रतिकार गर्नुपर्ने बताउनुभयो । संविधान मानेको जस्तो गर्ने र निर्वाचनमा पनि भाग लिने राजनीतिक दलहरुले व्यवस्थामाथि धावा बोल्दा कांग्रेसले टुलुटुलु हेरेर बस्न नमिल्ने उहाले बताउनुभयो ।

त्यस्तै कांग्रेस नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा आएको परिवर्तनलाई बलियो बनाएर जनतामा सकारात्मक नजिता दिन सक्नुपर्ने र यसका लागि कांग्रेसभित्रको कमीकमजोरी सुधार गर्नुपर्ने बताउनुभयो । उहाले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानलाई कार्यान्वयन गर्नका लागि कांग्रेसले नै महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै कांग्रेसका अन्य नेताहरुले पार्टीलाई चलायमान बनाउदै प्रभावकारी काम गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्