कोशी सरकार र पहिचान पक्षधरबीचको वार्ता भोलि पुनः बस्ने गरी स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ माघ ।  कोशी प्रदेश सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले बनाएको वार्ता टोलीबीच आज विराटनगरमा भएको वार्ता भोलि बिहान पुनः बस्ने गरी स्थगित भएको छ ।

आजको वार्ता एजेन्डामा प्रवेश नै नगरी भोलि बिहान पुनः बस्ने सहमतिमा स्थगित भएको हो । आज भएको वार्तामा सरकारी वार्ता टोली र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले बनाएको वार्ता टोलीका बीचमा परिचय तथा केही औपचारिक कुराकानी भएको थियो ।

वार्तामा प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको तर्फबाट बनेको वार्ता समितिले आफ्नो एजेन्डा प्रस्तुत गरेको थियो ।

वार्तामा सहभागी पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले भोलि पुनः बस्ने गरी आजको वार्ता स्थगित भएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्