पाल्पामा फूलपातीको रमाइलो हेर्न गएका दुई युवा मृत फेला

खबर बुक
  • ख-
  • ख+

काठमाडौं  : पाल्पामा दुई युवा मृत अवस्थामा फेला परेका छन् । निस्दी गाउँपालिका २ का २१ वर्षीय वीरेन्द्र सोमै मगर र इन्द्र सारु मृत भेटिएका हुन् ।

उनीहरू दुवै जना फूलपातीको रमाइलो हेर्न मित्याल गएका प्रहरीले जनाएको छ । दशैँ दिनसम्म घर नआएपछि उनीहरूको खोजी भएकोमा आज बिहीवार शव भेटिएको हो ।

मृतक इन्द्रको टाउको तथा शरीरका विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्