१२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनाउदै कार्यान्वयन गर्नुपर्ने नेकपा एसको निर्णय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ १८ । नेकपा एकीकृत समाजवादीले १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनाउदै कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले एमसीसी कार्यान्वयनका क्रममा १२ बुँदे व्याख्यात्मक घोषणा वेवास्ता गर्न खोजिएको भन्दै व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनाउदै कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनायो कि बनाएर भनेर अनुगमन गर्न पार्टीले पाँच सदस्यीय एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । समितिको संयोजकमा उपाध्यक्ष राजेन्द्र पाण्डे, सदस्यमा उपमहासचिव गंगालाल तुलाधर, उपमहासचिव जगन्नाथ खतिवडा, सचिव गरिमा शाह र एकजना बिषयबिज्ञ रहने छन् ।

त्यस्तै बैठकले एमसीसी अनुगमनका लागि संसदीय समिति बनाउनका पहल गर्ने निर्णय गरेको उहाले बताउनुभयो । संयुक्त महासभा र चीनको भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले गर्ने छलफल र एजेण्डाबारेमा पार्टीका तर्फबाट आधिकारिक रुपमा छलफल गर्ने निर्णय गरिएको खतिवडाले जानकारी दिनुभयो ।

बैठकमा १० औं राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल भएको प्रवक्ता खतिवडाले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्