काठमाडौं, असोज १२ । दामी क्रिएसन संगको सहकार्यमा फोर बि. पिक्चर्सकाे प्रस्तुती बिजय मगरको निर्देशमा बनेको हल्ला हुने भो बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भुटानका चर्चित रचनाकार लक्ष्मीदाश शर्माको शब्द र दीपेन्द्र बम्जनको संगीत रहेको यस गीतलाई एरेन्जर तथा गायक आदेश गुर्मछानले आवाज दिएका छन् ।
भुटानका गायक तथा मोडल किरण ग्यावा लामा र लाज किन बाबा कि मोडल नेहा तामाङको अभिनय रहेको यो म्युजिक भिडियोलाई सनम तामाङले छायाङ्कन गरेका हुन् भने अर्जुन खड्काले संपादन गरेका छन् ।
उपत्यका वरपर छायाङ्कन भएको यो भिडियोको केही अंश भुटानमै छायाङ्कन गर्ने योजना भए पनि कोरोना सङ्क्रमणको कारणले सम्भव नभए पनि छिट्टै नै अर्को भिडियोको छायाङ्कनको तयारी भइरहेको छ ।
पछिल्लो समय नेपालीभाषी भुटानी कलाकारहरूको प्रतिभा र रुचि अनी सहकार्यलाई अझ सहज बनाउनुपर्छ साथै संगीतलाई कुनै पनि भुगोल वा सिमानामा सिमीत गराउन हुदैन त्यसैले आगामी दिनहरूमा पनि यस्तै सहकार्यहरु आउने निर्देशन बिजय मगर बताउछन् ।
https://www.youtube.com/watch?v=WI-PQGyfx6w











