एक महिनाभित्रै काज फिर्ताको बिषय टुंगीने मन्त्री बस्नेत

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ १४ । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले एक महिनाभित्रै काज फिर्ताको बिषय टुंगीने बताउनुभएको छ ।

बिहीबार नेपालगंजको भेरी अस्पतालको निरीक्षण गर्ने क्रममा अस्पताल विकास समितिले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले पहुँच र भनसुनको भरमा मन्त्रालय र आफु अनुकूल ठाउँमा वर्षौदेखि काजमा बस्नेहरु अव एक महिनाभित्रै आफ्नो दरवन्दीमा जाने बताउनुभयो । उहाले कतै चाहिएको भन्दा धेरै स्वास्थ्यकर्मी हुने र कतै स्वास्थ्यकर्मीको अनुहारै नदेखिने स्थिति आएपछि काज फिर्ताको कामलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न लागिएको पनि स्पष्ट पार्नु भयो । काज फिर्ता हुन थालेपछि चिकित्सकको अनुहार नै नदेखिएका विकटका ठाउँका जनताले चिकित्सकीय सेवा पाउन थालेको समेत स्मरण गराउनुभयो ।

संबिधानले नै स्वास्थ्यलाई मौलिक हकका रुपमा स्थापित गरिसकेकाले पैसा र उपचार अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सवालमा मन्त्रालय स्पष्ट रहेको उहाँको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्