नेपालमा डेंगु संक्रमितको संख्या १५ हजार नाघ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ भदाै ।  नेपालमा डेंगु संक्रमितको संख्या १५ हजार नाघेको छ ।

गएको पुस महिनायता डेंगु संक्रमितको संख्या १५ हजार ३९४  पुगेको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तंथ्याकमा उल्लेख गरिएको छ ।

यस्तै डेंगु संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी कोशी प्रदेशमा ११ हजार ३७८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

यस्तै दोस्रोमा रहेको बागमतीमा २ हजार ४६४ जना संक्रमित छन् । काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा ४३४ जना संक्रममित भएका छन् ।

यस्तै धादिङमा १ हजार ७५६ संक्रमित भएको ईडीसीडीले जनाएको छ । हालसम्म डेंगु सङ्क्रमण ७५ जिल्लामा फैलिसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्