काठमाडौं, साउन ३१ । गोकर्णेश्वर नगरपालिकाले नगरक्षेत्रभित्रका महिलाहरुले स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको निशुल्क जाँच गराउन आग्रह गरेको छ ।
नगरपालिकाले आज एक सुचना जारी गर्दै यस्तो आग्रह गरेको हो । साथै महिलाहरुले स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको जाँच नगरेको खण्डमा कुनै पनि कार्यक्रमको लागि नगरपालिकाले रकम उपल्ध नगराउने पनि निर्णय गरेको नगरप्रमुख दिपक कुमार रिसालले बताउनुभयो ।
नगर प्रमुख रिसालका अनुसार नगरपालिका र आम्दा नेपालको संयुक्त पहलमा नगरभित्रका ३० देखि ६० वर्ष उमेर समुहका महिलाहरुलाई रोग लाग्नुभन्दा अगावै आफनो स्वास्थ्य परिक्षण गर्न गराउन समेत अनुरोध गरेको छ ।
यसअघि पनि विभिन्न वडामा ३०७४ जनाले पाठेघरको मुखको क्यान्सरको सेवा लिइसकेका छन भने ३२७६ जनाले स्तन क्यान्सरको सेवा लिइसकेको जनाएको छ ।
छ ।










