पछिल्ला २४ घन्टामा फेला परे १० जना कोरोना संक्रमित

न्युज कारखना
  • ख-
  • ख
  • ख+

काठमाडौं, ३१ बैशाख । पछिल्ला २४ घन्टामा १० जना कोरोना भाईरस संक्रमित फेला परेका छन् ।

जसअनुसार पिसिआर परिक्षणवाट ६ जना र एन्टीजोन परिक्षणमार्फत ४ जना गरी १० जना नयाँ कोरोना भाईरस संक्रमित फेला परेका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ जना डिस्चार्ज भएका छन भने १२० जना सक्रिय कोरोना संक्रमितहरुको उपचार भईरहेको छ ।

हालसम्म ९ लाख ९१ हजार ७१ जना निको भएर घर फर्किएका छन भने १२ हजार ३१ जनाको कोरोना भाईरस संक्रमणवाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्