सुनको मूल्य ६ हजार ३०० रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ४९० रुपैयाँ रहेको चाँदी आज घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज सुन प्रतिदश ग्राम २ लाख २३ हजार ६८० रुपैयाँ र चाँदी प्रतिदश ग्राम २ हजार ८९८ रुपैयाँमा कारोबार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्