धनुषामा ग्यास बिक्रेता संघका अध्यक्षको स्टोरमा छापा, १३१ सिलिन्डर बरामद

खबर बुक
  • ख-
  • ख+

जनकपुरधाम । धनुषा ग्यास बिक्रेता संघका अध्यक्ष तथा जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष फूलदेव पण्डितले लुकाएर राखेको भनिएको ग्यास स्टोरमा प्रहरीले छापा मारेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर अरविन्द साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्टोरमा छापा मार्दा विभिन्न ब्रान्डका १३१ थान एलपी ग्यास सिलिन्डर फेला पारेको हो।

प्रहरीका अनुसार पण्डितले सिलिन्डर लुकाएर राखी महँगो मूल्यमा बिक्री गर्दै आएको सूचनाका आधारमा स्टोरमा छापा मारिएको हो।

प्रहरीले बरामद सिलिन्डरको सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। स्टोरमा ग्यास सिलिन्डर कसरी र किन भण्डारण गरिएको थियो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पण्डित धनुषा ग्यास बिक्रेता संघका अध्यक्षसँगै जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत हुन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्