काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीबाट निमन्त्रणा आएको छ।
राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानबाट निमन्त्रणा प्राप्त भएको जानकारी दिनुभएको हो।
परराष्ट्र मन्त्रालयमा प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको सहसचिव ढकालले बताउनुभयो। यद्यपि, सम्मेलनमा नेपालबाट कुन तहको प्रतिनिधित्व हुने भन्नेबारे निर्णय भइनसकेको उहाँको भनाइ छ।
कोप–३१ सन् २०२६ नोभेम्बर ९ देखि २० गतेसम्म टर्कीको अन्ताल्यामा आयोजना हुँदैछ।








