झोक्किइन् पूर्वप्रधानमन्त्री कार्की, भनिन् – बालेनकी श्रीमतीलाई आमा भन्नू’

खबर बुक
  • ख-
  • ख+

२५ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई ‘आमा’ भनेर सम्बोधन गरिएकोप्रति आक्रोश व्यक्त गरेकी छन् ।

काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा कानुन दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी भई बाहिरिने क्रममा पत्रकार दिवाकर झाले प्रतिक्रिया लिन खोज्दा उनी आक्रोशित देखिएकी हुन् । 

पत्रकार झाले ‘आमा दर्शन’ भनेपछि कार्कीले तत्कालै ‘कोले आमा भनेको ?’ भन्दै असन्तुष्टि जनाएकी थिइन् । पत्रकार झाले आफूले सम्बोधन गरेको बताएपछि कार्कीले ‘तिमीहरूको आमा नै फेरिसक्यो’ भन्दै प्रतिक्रिया दिएकी थिइन् ।

त्यसपछि झाले ‘केही फरक पर्दैन, आमा फेरिँदैन’ भने पनि कार्कीले रुखो शैलीमा ‘बालेन शाहको श्रीमतीलाई आमा भन’ भन्दै जवाफ फर्काइन् । उनले सबिना काफ्ले (प्रधानमन्त्रीपत्नी) लाई संकेत गर्दै ‘आमा होइन ? बच्चाको आमा होइन ?’ भनेर प्रतिप्रश्न समेत गरिन् ।

पत्रकार झाले कार्कीलाई ‘देशकै आमा’ भएको टिप्पणी गर्दै देश संकटमा पर्दा उनले महत्त्वपूर्ण भूमिका खेलेको त्यस क्रममा बताएका थिए । 

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा मनोजकुमार शर्मालाई सिफारिस गरेयता कार्की असन्तुष्ट रहँदै आएकी छन् । उनले प्रधानमन्त्री शाहलाई सार्वजनिक रूपमा आफ्नो ‘छोरो’ भन्ने अभिव्यक्ति दिँदै आएकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्