उपराष्ट्रपति यादव अस्पताल भर्ना, अहिले स्वास्थ्य अवस्था सामान्य

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २४ चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

अस्पतालका निर्देशक डा. रत्नमणि गजुरेलले उच्चरक्तचाप बढेकाले अस्पताल भर्ना गरिएको बताए ।

डा. गजुरेलका अनुसार अहिले उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था सामान्य छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्