काठमाडौ, २० चैत । श्रम संस्कृति पार्टीका प्रतिनिधि सभा सदस्य आरेन राईले गृहमन्त्री सुधन गुरुङलाई आफ्ना जिल्लाको सुरक्षासँग जोडिएका समस्याबारे ध्यानाकर्षण गराएका छन् ।
खोटाङबाट निर्वाचित राईले केपिलासगढी, छितापोखरी, भडारेघाट लगायत प्रहरी चौकी भवन निर्माणसँग सम्बन्धित मागपत्र बुझाएका छन् । ‘
उनका अनुसार अब बाँकी मन्त्रालयमा पनि चाँडै ज्ञापनपत्र बुझाउने तयारी छ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सांसदहरुसँग राखेको छलफलमा श्रम संस्कृति पार्टीका सांसदहरु गएका थिएनन् ।
उक्त पार्टीका नेताहरुका अनुसार अरु सांसदहरुले पनि मन्त्रालय पुगेरै जिल्लाका समस्याहरू बुझाउने तयारी भइरहेको छ ।











