जरुरी आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज सिंहदरबारमा सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गरेका छन् । छलफलका क्रममा प्रधानमन्त्री शाहले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

यस्तै, प्रधानमन्त्री शाहले प्रदेशमा अघि बढ्न नसकेका जरुरी योजनाहरूका बारेमा जानकारी लिएको कैलाली–४ बाट निर्वाचित सांसद खेमराज कोइरालाले जानकारी दिए ।

सुदूरपश्चिममा तत्काल आवश्यक २ अर्ब ६० करोड आसपासको बजेटलाई विनियोजन गर्न आफूहरूले आग्रह गरेको र प्रधानमन्त्रीबाट सकारात्मक जवाफ प्राप्त भएको उनले बताए ।

सांसद कोइरालाले बजेटको आकार हेरेर जरुरी योजनाहरूलाई अघि बढाउने समेत प्रतिबद्धता आएको जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्