प्रधानमन्त्री बालेनसँग राष्ट्र बैंकका गभर्नरको भेटवार्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १७ चैत। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलबिच भेटवार्ता भएको छ । उनीहरुबिच हिजो मन्त्रालयमा भेटवार्ता भएको गभर्नरका स्वकीय सचिव शरण कुमार अधिकारीले जानकारी दिए ।

तर, उक्त भेटमा प्रधानमन्त्री बालेनले अहिले बैंकिङ क्षेत्रमा देखिएको समस्यादेखि रेमिट्यान्स आप्रवाह र बाह्य क्षेत्र अवस्थाबारे चासो राखेको राष्ट्र बैंक स्रोतले जनाएको छ । त्यस्तै, राष्ट्र बैंकले गर्नुपर्ने काममा भएका अप्ठ्यारा र त्यसमा सरकारले गर्नुपर्ने सहजीकरणको बारेमा समेत बताइएको छ ।

सो क्रममा भेटमा गभर्नर पौडेलले रिक्त डेपुटी गभर्नर नियुक्तिको विषयमा उठाएका थिए । झन्डै एक महिनादेखि डेपुटी गभर्नर रिक्त भएको भन्दै समयमा नियुक्ति गरिदिए काम गर्न सजिलो हुने गभर्नरले बताएका थिए । तर बालेनले भने यो विषयमा उनले खासै चासो नदिएको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्