संसद् सचिवालयद्धारा सर्वदलीय बैठक आवहान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ चैत । संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद सचिवालयले सर्वदलीय बैठक बोलाएको हो ।

बैठक भोलि (बुधबार) दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

प्रतिनिधिसभाको बैठक सुरु हुनुभन्दा एक घण्टाअघि सर्वदलीय बैठक बस्नेछ ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ ।

बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्