इनिशा हत्या प्रकरणः दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसमक्ष माग

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, चैत १ गते । नेपाल दलित मुक्ति मोर्चाले सुर्खेतकी १६ वर्षीय इनिशा विक हत्या प्रकरणको निष्पक्ष छानबीन गरी घटनाका दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसमक्ष माग गरेको छ । सङ्गठनका अध्यक्ष दलजित श्रीपालीसहितको टोलीले आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिन माग गरेको हो ।

साथै मोर्चाले घटनामा संलग्नलाई कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै पीडित परिवारमा पर्न गएको भौतिक तथा मनोवैज्ञानिक क्षतिको मूल्याङ्कन गरी न्याय र उचित क्षतिपूर्तिका लागि माग गरेको छ ।

ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताए । मन्त्री अर्यालले मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्ने भन्दै कुनै पनि प्रकारका आपराधिक घटना र अवाञ्छित गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्न सरकार जिम्मेवारीका साथ लागिपरेको समेत बताएका छन् ।

सो प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरेर अनुसनधान गरिरहेको छ । साथै देश विदेशबाट छिटो र निष्पक्ष रुपमा घटनाको अनुसन्धान गरी इनिशालाई न्याय दिनु पर्ने भन्दै चैतर्फि आवाज उठिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्