काठमाण्डौं, १२ फागुन । भारतको विभिन्न राज्यबाट पाँच नेपालीहरुको उद्धार गरिएको छ । उनीहरुको नेपाली राजजदुतावस, दिल्ली पुलिस र KIN India ले उद्धार गरेर नेपाल फिर्ती पठाएका हुन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहिको रोवरमा परिवारलाई जिम्मा लगाइएको छ । जसमध्ये मानव बेचविखन अनुसन्धान ब्यूरोको जानकारी तथा समन्वय अनुसार भारतको दिल्लीस्थित महिपालपुरको कैलाश होटेलबाट दिल्ली पुलिस नेपाली राजदुतावास र KIN India को सक्रियतमा सुरक्षित रुपमा उद्दार तथा स्वदेश फिर्ता गराई मानव बेचविखन ब्यूरोमा उपस्थित गराईएको छ ।
उपस्थित भए लगतै ठगि गर्ने ब्यक्तिलाई जाहेरी दिन सम्बन्ति ब्यक्तिलाई कानुनी कारवाही अगाडि बढाउन थप सहयोग प्क्ष्ल् क्ष्लमष्ब को नेपालमा रहेको ग्लोबस संयोजक इन्द्र राज भट्टराईको टोलीले सहयोग गरिरहेको छ ।
बाल विवाह रोकथाम अभियानमा सक्रिय सगरमाथा आरोही कल्पना महर्जन केहि समय देखि मानब बेचविखन विरुद्ध सचेतना र उद्धार कार्यक्रम सक्रिय हुन थालेको छ । सर्वोच्च शिखर सगमाथाको शिखरबाट बालविवाह विरुद्धको अभियानलाई उद्घोस गरे पश्चात अभियानमा सक्रिय हँदै किन इन्डियाको ग्लोबल एम्भेबस्डर भए लगतै मानव बेचविखन विरुद्धको अभियान र उद्धार कार्यक्रम पनि संलग्न हुन थालेको हो ।
यो उद्धार कार्यको लागि शुभ अवसर ग्राम नेपालको सहयोग गर्नुका साथै शान्तिशिक्षा अभियान नेपाल पनि सहकार्य गरेको छ।











