पेरुमा हेलिकप्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

पेरुमा बाढीमा पसेकाको उद्धार गर्ने क्रममा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । मुसलधारे वर्षा र बाढीबाट प्रभावित अरेक्विपा क्षेत्रमा उडान भर्ने क्रममा रेडियो सम्पर्क विच्छेद हुँदा हेलिकप्टर दुर्घटना भएको बीबीसीले जनाएको छ ।

दुर्घटनामा ११ यात्रु र चालक दलका चार सदस्यको ज्यान गएको हो । ज्यान गुमाउनेमध्ये सात जना बालबालिका छन् । लेदोसहितको पहिरो र नदीमा आएको बाढीले व्यापक क्षति पुर्‍याएको हुनाले यस क्षेत्रमा खोज र उद्धार कार्यलाई सहयोग गर्न हेलिकप्टर खटाइएको अधिकारीहरूले बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमकाअनुसार बाढीले बगाउँदा एक वृद्धा महिलाको ज्यान गएको छ भने चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्