काठमाडौं महानगरले ‘सेफ फुड’देखि संरक्षण गृह अभियान सञ्चालन गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार ३० । काठमाडौं महानगरले ‘सेफ फुड’ काठमाडौं अभियान चलाउने भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन शाहले उपभोक्ताको हितका लागि सेफ फुड काठमाडौं अभियान चलाउने उल्लेख गरेका हुन्।

यस्तै, महानगरले हिंसामा परेका, पीडित र सडकमा बसोबास गर्न बाध्य बालबालिकालाई तत्काल सुरक्षा दिने उद्देश्यसहित संरक्षण गृह सञ्चालन गर्ने भएको छ।

यसबाट बालबालिकाको उद्धार, संरक्षण र पुनर्स्थापना कार्य प्रभावकारी हुने जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्