तिहारमा मात्रै ७५ करोडभन्दा धेरैको फलफूल आयात

खबर बुक
  • ख-
  • ख+

नेपालीहरूको प्रमुख चाड दसंै, तिहार तथा छठको लागि फलफूलको आयात बढेको छ । यस वर्षको तिहारमा मात्रै ७५ करोडभन्दा बढीको फलफूल आयात भएका छन् ।

काठमाडाँैको कुलेश्वर, कालिमाटी लगायतका तरकारी तथा फलफूल पसलमा मात्रै ७५ करोडभन्दा धेरैको फलफूल आयात भएको छ । नेपालमा वार्षिक ७ अर्ब रूपैयाँ बराबरको स्याउ आयात हुने गरेकामा तिहारमा मात्रै ३० करोडको स्याउ, ४० करोड रूपैयाँ बराबरको केरा अनि ५ करोडको सुन्तला, मौसम लगायतका फलफूल छिमेकी भारतसहितका देशबाट आयात गरिएका छन् ।

कृषिविद्हरू भने नेपालमै उत्पादनको सम्भावना भए पनि करोडाँै रूपैयाँको फलफूल आयात गर्नु उचित नभएको बताउँछन् ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्व सचिव डा. योगेन्द्र कार्कीले सडक लगायतका पूर्वाधार र बजारको अभाव हुँदा नेपाली उत्पादन खेर गइरहेको प्रति सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

तिहारका लागि २० करोड रुपैयाँको स्याउ चीनबाट र १० करोडको चकलेटी स्याउ भारतको कास्मिरबाट भित्रिँदा मनाङ, मुस्ताङलगायत जिल्लाबाट करिब तीन करोडको स्याउ उपत्यका भित्रिएको छ । नेपालभर कूल स्याउ खपतको करिब १० प्रतिशत मात्रै नेपाली स्याउले स्थान पाएको नेपाल फलफूल थोक व्यवसाय सङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्