मध्यपुर थिमि नगरपालिकामा अख्तियारको छापा, घुस रकमसहित केही कर्मचारी पक्राउ

खबर बुक
  • ख-
  • ख
  • ख+

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । घुस लेनदेन भइरहेको सूचनाका आधारमा प्रहरीसहित पुगेको अख्तियारको टोलीले केही कर्मचारीलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता पर्वत गिरीले केही कर्मचारी पक्राउ परेको पुष्टि गरेका छन् ।

पक्राउ परेका व्यक्तिहरूको नाम र बरामद भएको रकमलगायतका विवरणबारे अहिले मुचुल्का तयार पार्ने काम भइरहेको उनले जानकारी दिए । विस्तृत विवरण केहीबेरमा सार्वजनिक गरिने अख्तियारले जनाएको छ ।

घुस लेनदेन भइरहेको सूचनाका आधारमा अख्तियारको टोली प्रहरीसहित नगरपालिका पुगेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्