
१५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोली आज बङ्गलादेश जाने भएको छ ।
नोभेम्बर १ देखि ११ सम्म बङ्गलादेशमा हुन लागेको प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ जान लागेको हो ।
च्याम्पियनसिपमा घरेलु टोली बङ्गलादेशसहित नेपाल र भुटान गरी तीन टिमले मात्र प्रतिस्पर्धा गर्नेछन् । डबल राउण्ड रोविन लिगका आधारमा खेलहरु हुनेछ । डबल राउन्ड रोबिन लिगपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
नेपालले नोभेम्बर ३ मा भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुआत गर्ने छ ।