इजरायलद्वारा लेबनानसँगको समुद्री सीमा सम्झौता अनुमोदन

खबर बुक
  • ख-
  • ख+

इजरायल सरकारले लेबनानसँगको समुद्री सीमा सम्झौतालाई अनुमोदन गरेको छ ।

प्रधानमन्त्री यायर ल्यापिडको कार्यालयले एक विज्ञप्ति निकालेर दुई मुलकबीच भएको समुद्री सीमाङ्कन सम्झौतालाई अनुमोदन गरिएको बताएको हो ।

लेबनान र इजरायलले गत असोज २५ गते पूर्वी भूमध्यसागरको सिमाना विवाद समाधान गर्न सहमत भएको घोषणा गरेका थिए ।

समुद्री सीमा विवाद अन्त्य गर्न भएको यो ऐतिहासिक सम्झौताले भूमध्यसामगरमा लामो समयदेखि जारी रहेको दुई देशबीचको द्वन्द्व समाप्त भएको मानिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्