तिहार सकिएसँगै चाडबाडको माहोल विस्तारै कम हुँदै, चुनावी धपेडी भने बढ्दो

खबर बुक
  • ख-
  • ख+

तिहार सकिएसँगै चाडबाडको माहोल विस्तारै कम भएको छ ।

तराई क्षेत्रमा मनाइने छठ पर्वपछि चुनावको धपेडी बढ्नेछ । चाडबाड कै बेला भए पनि घरदैलो, वडा भेला, कार्यकर्ता भेला जस्ता नाममा प्रचार प्रसार भइरहेको थियो भने सामाजिक सञ्जाल मार्फत पनि उम्मेदवारहरूले प्रचार सुरु गरिसकेका थिए ।

उम्मेदवार र दलले चुनावी आमसभा अबको १ हप्तापछि अर्थात् कात्तिक १८ गतेबाट मात्रै गर्न पाउनेछन् । यस पटक दलहरू चुनाव जित्नका लागि गठबन्धनको साहरा लिइरहेका छन् । सत्ता र विपक्षी गठबन्धन दुवै तर्फका उम्मेदवार बहुमत ल्याउने दाबीसहित चुनावी मैदानमा छन् ।

तर गठबन्धनका कारण उम्मेदवारी भाग नपुगेर निर्वाचन क्षेत्रमा देखिएको असन्तुष्टिका कारण एक दलका प्रतिवद्ध कार्यकर्ताको मत अर्को दलका उम्मेदवारलाई जाँदैन कि ? भन्ने संशय दलभित्रै देखिएको छ । गठबन्धनभित्रको यस्तो असन्तुष्टि र असहयोगको अवस्थालाई आफ्नो पक्षमा पार्न अर्को पक्ष जोडतोडका साथ लागिरहेको छ ।

यसपटकको चुनावमा पनि ठूला दलका शीर्ष नेताहरू तुलनात्मक रुपमा सजिलो अवस्थामा रहेको आँकलन गरिएको छ । केही उम्मेदवार पहिलो पटक विजयी हुने सपना देखिरहेका छन् भने केही जितको सङ्ख्या थप्न चाहिरहेका छन् ।

ठाउँठाउँमा कायम रहेका दुवै पक्षका गठबन्धनका बागी उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूलाई स्थापित दल र नेताहरूले चुनौतीका रुपमा लिएको छ । ठूला दलहरूले चुनावमा आफ्ना मुद्दा र प्राथमिकता समेटिएको घोषणापत्र अझै सार्वजनिक गरेका छैनन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्