सानिमा ग्रोथ फन्ड कात्तिक १६ गतेबाट खुला हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ कार्तिक ।।सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गर्ने भएको छ ।

यसले सानिमा ग्रोथ फन्डको कुल १२ करोड इकाई निष्कासन गर्न लागेको हो । जसमध्ये १ करोड ५६ लाख इकाई वा कुल बिक्री भएको इकाईको १३ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटललाई छुट्टाएको छ ।

बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गर्न लागिएको योजना व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ । यसमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा कात्तिक ३० गतेसम्म खुला रहनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्