बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १० कात्तिक ।।स्पेनिस क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३-० ले पराजित भएपछि बार्सिलोना तेस्रो स्थानमा रहदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो । यस सङै बार्सिलोनाले युरोपा लिग खेल्नेछ ।

बायर्नको जितमा साडियो माने, मोटिङ र बेन्जामिन पाभार्डले एक-एक गोल गरे ।

जितसँगै बायर्न ५ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा रह्यो । समूह ‘सी’ को बाट इन्टर मिलान अन्तिम १६ मा प्रवेश गर्‍यो ।बार्सिलोना ४ अंक जोडेर तेस्रो स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्