
इथियोपिया सरकार र प्रतिपक्षी टाइग्रे सेनाका प्रतिनिधिहरूले प्रिटोरियामा शान्ति वार्ता सुरु गरेका छन् ।
दक्षिण अफ्रिकी सरकारले करिब दुई वर्षको द्वन्द्वपछि दुई युद्धरत पक्षहरू राखेर औपचारिक वार्ता सुरु गरेको हो ।
वार्ता अक्टोबर ३० सम्म चल्नेछ । २०२० को नोभेम्बरमा इथियोपियाका प्रधानमन्त्री अबी अहमदले सत्तारुढ टिग्रे पिपुल्स लिबरेसन फ्रन्टले संघीय सेनाको शिविरमा आक्रमण गरेको आरोप लगाउँदै टाइग्रेमा सेना पठाएपछि द्वन्द्व सुरु भएको थियो ।
त्यसयताको द्वन्द्वले हजारौं मानिसको मृत्यु भइसकेको छ भने विस्थापित हुने र भोकमरीको मारमा लाखाँै जनता परेका छन् ।