कांग्रेस नेतृ मैयादेवी श्रेष्ठको निधनले ओली दुःखी

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ७ कात्तिक।।एमाले अध्यक्ष केपी ओलीले पूर्वसांसद तथा नेपाली कांग्रेसकी नेतृ मैयादेवी श्रेष्ठको निधनबाट आफू दुःखी भएको बताएका छन् । उनले दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलन र समाजसेवाको क्षेत्रमा श्रेष्ठले पुर्याएको योगदानलाई सम्झिरहने उनको भनाइ छ । चितवन घर भएकी श्रेष्ठको ९५ वर्षको उमेरमा आइतबार निधन भएको थियो । उनी लामो समयसम्म अस्वस्थ थिइन् । उनले आफ्नो जीवनकालमा झन्डै एक अर्ब बराबरको सम्पत्ति दान गरिसकेको कांग्रेस चितवनका नेता कार्यकर्ता बताउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्