पहिलो टी–२० क्रिकेटमा भारत विजयी, दक्षिण अफ्रिका ८ विकेटले पराजित

खबर बुक
  • ख-
  • ख+

भारतले पहिलो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ ।

गएराति भएको खेलमा घरेलु टोली भारतले दक्षिण अफ्रिकालाई हराउँदै तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।

दक्षिण अफ्रिकाले दिएको १ सय ७ रनको लक्ष्य भारतले १६ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० आइतवार तथा तेस्रो खेल मङ्गलवार हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्