ज्ञानेन्द्र शाहीको आरोप- सरकारले ५ वटा टनेलमा कामै गरेको छैनसबै टनेलको मुख बन्द नरहेको दाबी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जलविद्युत आयोजनाबाट जीवित व्यक्तिहरूको उद्धार गर्न नसकेको विषयमा सरकारको कडा आलोचना गरेका छन् ।

सरकारले अहिलेसम्म पनि संवेदनशील भएर सुरुङ खोल्न प्रयास नगरेको उनको आरोप छ ।

आज संसद बैठकमा बोल्दै शाहीले बाढीग्रस्त क्षेत्रका ७ टनेलमध्ये ५ वटा टनेलमा कुनै काम नगरेको दाबी गरे ।

उनले भने, ‘सबै गरिसक्यो भनेर सामाजिक सञ्जालमा हल्ला गरिएको छ । तर ७ वटा टनेलमध्ये दुईवटा टनेलमा बल्ल उद्धार टोली पुगेको छ । ५ वटा टनेलमा अहिलेसम्म केही भएको छैन ।’

प्रधानमन्त्रीले भनेजस्तो सबै टनेलको मुख बन्द नरहेको उनले बताए ।

शाहीले थपे, ‘यदि टनेल बन्द थियो भने जुम्लाका ६ जना दुई सय मिटर पार गरेर जीवित कसरी आए ? अझै पनि त्यहाँ जीवित मान्छे छन् । त्यो टनेलमा गइदिनुस ।’

उनले विज्ञहरूसँग छलफल गर्न प्रधानमन्त्रीले ढिलाइ गरेको गुनासो पनि गरे । जलविद्युतका विज्ञ कुलमान घिसिङसँग आठौँ दिनमा आएर बल्ल प्रधानमन्त्रीले भेटेको उल्लेख गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्