प्रधानमन्त्रीले चाहेर पनि राहत कोषको पैसा दायाँबायाँ गर्न पाउनुहुन्न : रास्वपा प्रवक्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टिले प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम कुनै हालतमा दुरुपयोग नहुने बताएको छ । प्रधानमन्त्रीले नै चाहेर पनि यो कोषको रकम दायाँबायाँ गर्न नसक्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले बताए ।

आज बसेको सचिवालय बैठकपछि पत्रकारसँग बोल्दै उनले राहत कोषको रकम कतै पनि रकमान्तर हुन नसक्ने प्रष्ट पारेका हुन् ।

उनले भने, ‘जुन रूपमा पैसा उठ्यो, यसमा सरकारले मनलाग्दी गर्छ कि भन्ने पनि आशंका होलान् । तर सरकारले, मन्त्रिपरिषद्ले त्यो शीर्षकमा बाहेक ८ अर्ब रुपैयाँ दायाँबायाँ खर्च गर्न पाउनुहुन्न । त्यो रकमान्तर गर्न पनि पाइँदैन । नियममै त्यो कुरा छ । जे प्रयोजनको लागि हो, त्योबाहेक एक पैसा पनि दायाँबायाँ गरेर खर्च गर्न पाइँदैन । प्रधानमन्त्रीले नै चाहेर पनि दायाँबायाँ गर्न सक्नुहुन्न ।’

प्रवक्ता खरेलले रास्वपाले बाढी-पहिरो पीडितका लागि संकलन गरेको राहत सामग्रीहरू सिधै वितरण नगरी सरकारी संकलन केन्द्रमार्फत पठाउने जानकारी दिए ।

‘पार्टीले राहतको सन्दर्भमा हुलाकीको काम मात्र गरिरहेको छ,’ झाले भने, ‘दाताहरूबाट प्राप्त सामग्रीहरू हामीले निरन्तर सरकारी संकलन केन्द्रमा पठाइरहेका छौँ र यो क्रम जारी रहनेछ ।’

जिन्सी सामग्री (खाद्यान्न र लत्ताकपडा) वितरणमा केही लचकता अपनाउन सकिने भए पनि आर्थिक संकलनमा भने ‘एकद्वार प्रणाली’ नै कडाइका साथ लागू हुनुपर्ने रास्वपाको अडान छ ।

प्रवक्ता खरेलले वर्तमान संकटसँग जुझ्न तीनै तहका सरकारलाई पार्टीको ‘कसिलो साथ’ रहने स्पष्ट पारे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्