संसद बैठकमै ढले लेखा समितिका सभापति भरत खड्का, अस्पताल लगियो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । प्रतिनिधि सभा बैठक चलिरहेका बेला कांग्रेस सांसद तथा लेखा समितिका सभापति भरत खड्का आफू बसेकै कुर्सीबाट ढलेका छन् ।

खड्का ढलेलगत्तै सांसद सोम शर्मालाई बोल्न रोकेर सभामुखले केहीबेर सदनको कारवाही स्थगित गरेका थिए ।

डोटीबाट निर्वाचित सांसद खड्कालाई उच्च रक्तचापका कारण चक्कर आएर कुर्सीबाट ढलेको बताइएको छ । उनको रक्तचाप १६० पुगेको संसद सचिवालय स्रोतले जनाएको छ ।

खड्कालाई अस्पताल पठाइएको संसद भवनमा रहेका एमालेका प्रमुख सचेतक ऐन महरले नेपाल प्रेसलाई जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्