चौंथो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा इंग्ल्यान्डमाथि पाकिस्तानको जित

खबर बुक
  • ख-
  • ख+

पाकिस्तानले चौंथो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा इंग्ल्यान्डलाई पराजित गरेको छ ।

पाकिस्तानको कराँचीमा गयराति भएको खेल रोमाञ्चक बन्दै पाकिस्तानले इंग्ल्यान्डमाथि जम्मा ३ रनको जित निकाल्यो । जितसँगै पाकिस्तानले ७ खेलको सिरिजमा २–२ को बराबरी गरेको छ ।

पाकिस्तानले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६३ रनमा समेटियो ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन जोडेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्