नेपालले बङ्गलादेश ‘ए’ सँग घरेलु मैदानमा शृङ्खला खेल्न प्रस्ताव गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले दशैँ लगत्तै घरेलु मैदानमा बङगलादेश ‘ए’ सँग सिरिज खेल्ने तयारी अघि बढाएको हो ।
नेपाल टि–२० लिग स्थगित भएसँगै केहि समय नेपाली क्रिकेट टोलीको तालिका खाली हुने भएपछि नेपालले सिरिज गराउन प्रस्ताव गरेको हो ।
नेपालले तीन एकदिवसीय अभ्यास खेलको लागि प्रस्ताव गरेको छ । बङ्गलादेशको सिनियर टोली अर्को महिना अष्ट्रेलियामा हुने टि–२० विश्वकपको तयारीमा छ ।
बङ्गलादेशले युएईसँग २५ र २७ सेप्टेम्बरमा दुई टि–२० अन्तराष्ट्रिय खेलको शृङ्खला खेल्दैछ ।
अक्टोबर पहिलो साता बंगलादेश, न्युजिल्यान्ड र पाकिस्तानबीच त्रिकोणात्मक टि–२० अन्तराष्ट्रिय खेलको शृङ्खला हुँदैछ ।
नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक शृङ्खला अन्तर्गत अब नामिबियामा आगमी नोभेम्बरमा खेल्नेछ । त्यसैको तयारीका लागि बङ्गलादेश ‘ए’ सँग नेपालले शृङ्खला खेल्न लागेको हो ।