काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार गरिएको छ।
भोटेकोशी नदीमा आएको भीषण बाढीपछि आयोजनाको सुरुङभित्र फसेका विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कबीर महर्जनलाई शुक्रबार बिहान जीवितै उद्धार गरिएको हो। उद्धार गरिएका दुवै जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।
आयोजनाका अनुसार उद्धार टोली अझै पावर हाउससम्म पुग्न बाँकी रहेको छ। सञ्चालनमा रहेको ६० मेगावाट क्षमताको त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र ४६ जना इन्जिनियर तथा कर्मचारी फसेको अनुमान गरिएको छ।
बाढीपछि सुरुङभित्र फसेका प्राविधिक तथा कर्मचारीहरूको नामावली यसप्रकार छ :
१. विनोद प्रसाद पाण्डे – सहायक प्रबन्धक
२. दिलीप यादव – इन्जिनियर
३. राजेन्द्र ढकाल – इन्जिनियर
४. महेन्द्र विक्रम शाही – इन्जिनियर
५. सन्तोष कुमार ठाकुर – सहायक इन्जिनियर
६. इन्द्र अधिकारी – सहायक इन्जिनियर
७. ओम प्रकाश चौधरी – सहायक इन्जिनियर
८. खेमराज भट्टराई – सुपरभाइजर
९. विकास यादव – सुपरभाइजर
१०. रमेश कुमार यादव – सुपरभाइजर
११. विष्णु भण्डारी – सुपरभाइजर
१२. आइता तामाङ – सुपरभाइजर
१३. सौगात यादव – सुपरभाइजर
१४. हरि बहादुर बोगटी – फोरम्यान
१५. रविना तुलसीबाख्यो – फोरम्यान
१६. सञ्जय शाह – फोरम्यान (जीवितै उद्धार)
१७. प्रमिला भण्डारी – फोरम्यान
१८. रोबन पराजुली – फोरम्यान
१९. सूर्य बहादुर केसी – फोरम्यान
२०. खगेन्द्र मगरती – फोरम्यान ड्राइभर
२१. नारायण प्रसाद अर्याल – इलेक्ट्रिसियन
२२. अमरकान्त चौधरी – जुनियर मिस्त्री
२३. देव गिरी – जुनियर मिस्त्री
२४. सुदिप कुमार श्रेष्ठ – जुनियर मिस्त्री
२५. जितेन्द्र कुमार गुप्ता – जुनियर मिस्त्री
२६. अस्मिता लामा – कार्यालय सहयोगी
२७. कबीर महर्जन – सुपरभाइजर (जीवितै उद्धार)
२८. तेज बहादुर जिरेल – फोरम्यान
२९. जीव लाल अधिकारी – सुपरभाइजर
३०. तिल बहादुर राना – सहायक इन्जिनियर
३१. कीर्त सिंह बिष्ट – सुपरभाइजर
३२. नीरज बाबु रेग्मी – सुपरभाइजर
३३. शर्मिला अधिकारी – हेल्पर (सहयोगी)
३४. राजकुमार भट्टराई – कार्यालय सहयोगी
३५. कान्छी गुरुङ चौधरी – कार्यालय सहयोगी
३६. शान्ति माया तामाङ – हेल्पर (सहयोगी)
३७. राम शरण न्यौपाने – प्राविधिक सहयोगी
३८. झपट बहादुर घर्ती – हेल्पर (सहयोगी)
३९. अस्मिता लामा – स्विपर (सरसफाइ कर्मचारी)
४०. हर्क बहादुर तामाङ – सुरक्षा गार्ड
४१. मिना शाही – सुरक्षा गार्ड
४२. टेक बहादुर तामाङ – सुरक्षा गार्ड
४३. रोशनी तामाङ – सुरक्षा गार्ड
४४. मिलन तामाङ – सुरक्षा गार्ड
४५. कमान सिंह तामाङ – सुरक्षा गार्ड
४६. सुशन तामाङ – सुरक्षा गार्ड









