बाढीमा अभिभावक गुमाएका बालबालिकालाई आवाससहित १२ कक्षासम्म पढाउने बागमती सरकारको निर्णय

खबर बुक
  • ख-
  • ख+

हेटौंडा — बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट बाबु–आमा गुमाएका बालबालिकालाई १२ कक्षासम्म आवाससहित पठनपाठनको जिम्मा लिने निर्णय गरेको छ ।

बिहीबार बसेको प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले बाढीपहिरोमा अभिभावक गुमाएर पठनपाठन अवरुद्ध भएका छात्रछात्रा वा अभिभावकविहीन बालबालिकालाई आवास सुविधा दिएर १२ कक्षासम्म पठनपाठनको दायित्व लिने निर्णय गरेको मन्त्रीपरिषद्का प्रवक्ता एक भौतिक पुर्वाधार विकासमन्त्री भरतबहादुर केसीले जानकारी दिए ।

बैठकले प्रदेशको विपद् व्यवस्थापन कोष कार्यविधि संशोधन गर्ने निर्णय गरेको छ । पहिलाको कार्यविधिमा प्रदेश सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमा रकम पठाउनु पर्ने थियो । संशोधनपश्चान अब जिल्ला विपद् व्यवस्थापन कोष र पालिका व्यवस्थापन कोषमा रकम पठाउन सक्ने गरी कार्यविधि स्वीकृत गरेको प्रवक्ता केसीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्