सुरुङबाट १० दिनपछि निकालिएका साहको स्वास्थ्य अवस्था सामान्य

खबर बुक
  • ख-
  • ख+

१९ भदौ, काठमाडौं । त्रिशूली थ्री ‘ए’को सुरुङबाट जीवित्तै उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ ।

उद्धार गरिपछि नेपाली सेनाले उनको स्वास्थ्य जाँच गराउँदा सामान्य रहेको देखिएको हो । यसबारे नेपाली सेनाले जानकारी दिँदै अवस्था सामान्य रहेको बताएको छ ।

उनीसँगै उद्धार गरिएका अर्का व्यक्ति कवीर महर्जनलाई भने उपचारका लागि छाउनी अस्पताल ल्याइँदै छ । उनलाई हेलिकप्टरमार्फत ल्याइँदै छ ।

रसुवा बाढीको १० दिनपछि नेपाली सेना, सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले कविर महर्जन र सञ्जय साहको जीवित्तै उद्धार गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्