
बहराइनमा जारी एएफसी २० वर्ष मुनिको एसियन कप छनोटमा नेपालले आज आफ्नो अन्तिम खेल खेल्दैछ ।
शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले आज बङ्गलादेशसँग खेल्न लागेको हो ।
नेपाल र बङ्गलादेशबीचको खेल राति ८ ः ४५ बजे सुरु हुनेछ । बङ्गलादेशविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । किनकि नेपालले लगातार तीन खेलमा हार व्यहोरिसकेको छ ।
पहिलो खेलमा नेपाल भुटानसँग २–०, दोस्रो खेलमा कतारसँग ३–१ र तेस्रो खेलमा आयोजक बहराइनसँग ६–० गोलले पराजित भएको थियो । समूह ‘बी’ मा रहेको नेपाल अङ्कबिहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
बङ्गलादेश भने आजको खेलमा दोस्रो जितको खोजीमा रहेको छ ।