नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा नेपाल पुलिस क्लबलाई स्वर्ण पदक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ ३१

विभागीय टोली नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा स्वर्ण पदक जितेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा शुक्रबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले स्वर्ण जितेको हो । त्रिभुवन आर्मी क्लबले दिएको १ सय ४ रनको लक्ष्य पुलिसले ६ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो । त्यस अघि पहिला ब्याटिङ गरेको आर्मीले ८ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । वर्षाको कारण खेल ८ ओभरमा झारिएको थियो ।

पुलिसले नवौंमा पहिलो स्वर्ण समेत जितेको छ ।  फाइनल गुमाएपछि आर्मीले भने रजत पदकमा चित्त बुझाएको छ । प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले कास्य पदक जितेको छ । वर्षाका कारण खेल नभएपछि टसमा सुदुरले एनआरएनए स्पोर्ट्स एकेडेमीलाई पराजित गरेको हो । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ ।

तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भएको हो । प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्