नेपालमा थप तीन जनामा कोरोना पुष्टि

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ६ पुस ।  नेपालमा पछिल्लो २४ घण्टामा तीन जानमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी छ सय ६३ जनाको नमुना परीक्षण गर्दा तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा तीन जना संक्रमण मुक्त भएका छन् । यससँगै कोरोना भाइरसका सक्रिय संक्रमितको सङ्ख्या १८ जना पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्