काठमाडौं, ४ पुस । नेपाली कांग्रेसले यही पुस ६ गते (बुधबार) संसदीय दलको नेता चयन गर्ने तालिकामा केही फेरबदल गरेको छ ।
सहमहामन्त्री भिष्मराज आङ्देम्बे नेतृत्वको निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार संसदीय दलको नेतामा उमेदवारी दर्ता गर्न ५१ हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।
संसदीय दलमा ८९ जनाले निर्वाचन प्रकृयामा भाग लिनेछन् । उमेदवारी दर्ता भोलि दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ ।












