कांग्रेस संसदीय दलको उमेदवारी दर्ताका लागि ५१ हजार, कार्यतालिका फेरबदल

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ४ पुस ।  नेपाली कांग्रेसले यही पुस ६ गते (बुधबार) संसदीय दलको नेता चयन गर्ने तालिकामा केही फेरबदल गरेको छ ।

सहमहामन्त्री भिष्मराज आङ्देम्बे नेतृत्वको निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार संसदीय दलको नेतामा उमेदवारी दर्ता गर्न ५१ हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।

संसदीय दलमा ८९ जनाले निर्वाचन प्रकृयामा भाग लिनेछन् । उमेदवारी दर्ता भोलि दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्