‘अन्तर’को आवरण सार्वजनिक

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, २६ कात्तिक।।कवि तथा लेखक रमेश सायनको पहिलो उपन्यास ‘अन्तर’को आवरण सार्वजनिक भएको छ । इटहरीमा आयोजित कार्यक्रममा कवि मनु मन्जिल र लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले पुस्तकको आवरण लोकार्पण गरेका हुन् ।

मानव समाज र मानवीय संवेदनासँग जोडिएको नवीन कथालाई लेखक सायनले उपन्यासमा चित्रण गरिएको प्रकाशक संस्था बुकहिलले जनाएको छ । अन्तर उपन्यास आगामी माघ महिनामा सार्वजनिक हुनेछ । गैर–आख्यान ‘छुटेका अनुहार’का लागि प्रतिष्ठित पद्मश्री साहित्य पुरस्कार प्राप्त गरेका रमेश सायनको ‘भागेर भूगोलभरि’ कविता संग्रह प्रकाशित छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्