वीरेन्द्रनगरमा १० अपांगमैत्री मतदान केन्द्र

न्युज कारखाना
  • ख-
  • ख+

सुर्खेत, २५ कात्तिक।।प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सुर्खेतमा १० वटा मतदान केन्द्रलाई अपांगमैत्री बनाइएको छ ।

वीरेन्द्रनगर  नगरपालिकाका १० वटा निर्वाचन केन्द्रलाई अपांग महासंघको समन्वयमा अपांगमैत्री बनाइने भएको हो ।

दृष्टिविहीन, शारीरिक अपांगता भएका मतदाताले मात्र मतदान गर्न पाउने व्यवस्था हुने कर्णाली प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए  ।

जननमुना माध्यमिक विद्यालय, श्रीकृष्ण संस्कृत मावि, अमरज्योति मावि, भैरव मावि, सिद्ध बहिरा स्कुललगायतका केन्द्रलाई अपाङ्गतामैत्री बनाइने जनाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्