टोखाबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ भदौ  । टोखा नगरपालिका–४ धापासी भेटघाट चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फक्राउ पर्नेमा उदयपुर गाइघाट घर भई काठमाडौं बसुन्धारा बस्ने ३२ वर्षीया रिता दनुवार लगायत ८ जना छन् । उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १८ हजार ८ सय रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्